जन्ति बोकेको जीप दुर्घटना हुदाँ गोरखामा ५ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । । गोरखाको सहिदलखन गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला छन् ।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका- ५ का १९ वर्षीय निरज थापा, १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन-४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए ।

उक्त दुर्घटनामा घाइते भएका १२ जनामध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ भने अन्यको आँबुखैरेनीमा उपचार भइरहेको छ ।

सहिद लखन गाउँपालिका(३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन -५ ताक्लुङ फर्किँदै गरेको प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप पात्लेखोलामा सडकबाट करिब साढे २ सय मिटर तल खसेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?