तनहूँ । चट्याङ लागी आँबुखैरेनीका पृतम गुरुगंको मृत्यु भएको छ । शुक्रवार बिहान करिब २ बजेको समयमा तनहूँको आँबुखैरेनी गाँउपालिका वडा नं.५ खाल्टेपानीका डिल बहादुर गुरुङका छोरा २० बर्षिय को पृतम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।
डिलबहादुरको एकतले कच्ची घरमा एक्कासी चट्याङ पर्न जाँदा घरको कोठा भित्र बसिरहेको निजको छोरा पृतम गुरुङलाई चट्याङ लागी घटनास्थलमा नै मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मोहन बहादुर खाँणले जानकारी दिनुभएको छ ।








