तनहूँ । तनहूँको व्यास नगरपालिकाको आगामी आर्थिक बर्षको प्रस्तावित नीति तथा कार्यक्रममा भतेरी अधिग्रहण, नयाँ व्यापारिक भवन निर्माण लगायतका महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरेको छ । व्यास नगरपालिकाको ३९ औं नगरसभामा नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त योजनाहरु प्रस्तुत गर्नुभएको हो । नगरप्रमुख न्या्रैपानेद्धारा प्रस्तुत प्रस्तावित नीति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य, कृषि, फोहोरमैला व्यवस्थापन, सुशासन, बिकास निर्माण लगायत अन्य क्षेत्रमा पनि नगरपालिकालाई उत्कृष्ट बनाउन आर्थिक बर्ष २०८०।०८१ अझ मेहनत गर्ने बताइर्एको छ ।
उक्त अवसरमा उपप्रमुख ईन्दिरा दरैले नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०।८१ को लागि १ अर्ब ५९ करोड ३१ लाख १ हजार रुपैयाको बजेट पनि प्रस्तुत गर्नुभएको थियो ।








