तनहूँ । कम्प्युटर एसोसिएसन महासङ्घ तनहूँ र आदिकवि भानुभक्त क्यम्पस दमौलीको आयोजनामा जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता समपन्न भएको छ । तनहूँका विभिन्न विद्यालयका साथै भर्खरै एस ई ई दिएर बसेका ६७ जना बिद्यार्थी सहभागी प्रतियोगितामा शुक्लागण्डकी खैरेनीटार स्थित सोनी कम्प्युटरकी मनिला अधिकारीले १५ मिनेटमा ३०७ शब्द टाइप गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ । त्यसैगरि बिग कम्प्युटर दमौलीका समीर रोका ले २७३ शब्द र गोल्डेन कम्प्युटर दमौलीमा की निशा आचार्यले द्वारा २६९ शब्द टाइप गरी क्रमसः दृतिय र तृतीय स्थान हासिल गर्न सफल हुनुभएको छ ।
कार्यक्रमव्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य तुल्सीराम पाण्डे, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतका महानुभावहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।








