हजुरबुबाको कुटाईबाट १ नाबालक नातिको मृत्य अर्का नाति गम्भीर घाइते

  • ख-
  • ख+

कैलाली । बैतडीमा हजुरबुबाले आफ्नै नाबालक नातिको हत्या गरेका छन् । पुर्चौडी नगरपालिका(६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदले कुटाइबाट नाति २ वर्षीय रेशम साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । अर्का ८ वर्षका नाति रिजनको अवस्था गम्भीर छ ।

कुटपिटबाट गम्भीर घाइते रेशमको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर लोकराज जोशीले बताए । घाइते अर्का नाति रिजनलाई थप उपचारका लागि धनगढी लगिएको छ । उनको नवजीवन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

बुबा धनगढीमा रहेको बेला हेरचाह गर्न हजुरबुबाको जिम्मा लगाएर बालकका आमा र हजुरआमा घाँस काट्न गएका थिए । त्यही बेला हजुरबुबाले निर्घात कुटपिट गरेको साथै टाउकोमा चोट लागेको बताइएको छ । कुटपिटको कारण भने खुलेको छैन । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?