तनहूँ । दमौली बजारको आईसोगाई ईन्टरनेशनल स्कुलले बालबालिकालाई संस्कृतिको संरक्षण गर्न सिकाएको छ । साउने संक्रान्तिको दिनमा उक्त स्कुलले आफ्नो विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई साउने संक्रान्तिको महत्वको बारेमा जानकारी दिदै संक्रान्त्रि मनाउन के कस्ता फलफुल, वस्तु लगायतका चिजहरुको प्रयोग गरिन्छ सो बारेमा जानकारी दिएको थियो । उक्त अवसरमा विद्यार्थीहरुलाई साउने संक्रान्ति मनाउन प्रयोग गरिने चिजहरु जोल्ठे निवुवा, बेलौंती, सुन्तला, बेत लौरी, कुकुर डाइनो, सिरूपाते, जनै लहरो, मकरकाजी र तिउरे यस्ता सामाग्री देखाईएको थियो ।
जोल्ठे निवुवा, बेलौंती, सुन्तला, बेत लौरी, कुकुर डाइनो, सिरूपाते, जनै लहरो, मकरकाजी र तिउरेहरु प्रयोग गरेर साँझपख लुतो फाँलेर साउने संक्रान्ति मनाईए पनि ति चलनहरु अहिले हटिसकेर हाम्रा बालबालिकाहरूले पनि उक्त वनस्पति चिन्न नसक्ने भएकाले ति सामाग्री बटुलेर उनीहरूलाई चिनाउने यसको महत्व बुझाउनुका साथै अगुल्टो नै नभएपनि अगरबत्ती बालेर लुतो फाल्न सिकाइ, तिउरे लगाइ साउने संक्रान्ती मनाइयो उत्तः स्कुलकी प्रिन्सिपल शारदा न्यौपानेले बताउनुभएको छ ।
विद्यालयले साउने संक्रान्ति मनाउदा प्रयोग गरिने चिजहरुको जानकारी दिदै साउने संक्रान्ति मनाउदा आफ्ना सन्तानहरु पनि खुशी भएको बालबालिकाका अभिभावकहरुको भनाई रहेको थियो ।








