काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले परीक्षामार्फत् प्रधानाध्यापक नियुक्त गर्ने भएको छ। यसका लागि उसले परीक्षा तालिका सार्वजनिक गरेको छ।
परीक्षा साउन १८ गते गर्नेगरी उसले तालिका सार्वजनिक गरेको हो।
बूढानीलकण्ठभित्रका सामूदायिक विद्यालयहरूमा कार्यरत स्थायी शिक्षकहरूले आवेदन दिन सक्ने आवेदन सम्बन्धि सूचनामा जनाईएको छ ।
‘बूढानीलकण्ठ नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधी २०८० को दफा १० को ‘क’, ‘ख’ र ‘ग’ र दफा २८ बमोजिम बूढानीकण्ठ नगरपालिकाभित्रका सामुदायिक विद्यालयको स्थायी शिक्षकको रूपमा कार्यरत शिक्षकले आवेदन दिन सक्नेछन्। साउन १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि सूचनामा जनाईएको छ ।
आधारभूत तह कक्षा १-५ र १-८ को लागि स्नातक तह वा सो सरह उतीर्ण गरेको र माध्यमिक तह कक्षा १-१०र १२ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने छ। त्यस्तै सम्बन्धित तहको शिक्षक पदमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको व्यक्तिले प्रधानाध्यापकमा आवेदन दिन पाउनेछन्।









