‘म सांसद भए भने’ भिडियो प्रतियोगितामा राइनसकी शिला प्रथम

  • ख-
  • ख+

लम्जुगं । साउन ८ ।नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लमजुङद्धारा आयोजित ‘म सांसद भए भने’ भन्ने भिडियो प्रतियोगितामा राइनासकी शिला न्यौपाने प्रथम भएकी छन् । प्रतियोगितमा बेसीशहर ७ का आशिका केसी द्धितिय, बेसीशहर ६ का आषविन रिमाल र मध्यनेपाल ३ का सविन साखि तृतिय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुन सफल प्रतियोगिहरुलाई पुरस्कार स्वरुप क्रमश ५ हजार रुपैयाँ, ३ हजार, एक हजार रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसै गरी उक्त प्रतियोगितामा प्रतियोगिको भिडियोमा आएको सेयर, लाईक र कमेन्टको आधारमा गरिएको मुल्यांकनमा तर्फ भने तृष्णा गुरुङ, बिष्णु बि. क. र प्रंशसा गुरुङलाई पुरस्कार डायरी, पेन र प्रमाण पत्र प्रदान गरीएको सहसचिव ओमप्रकास गुरुङले जानकारी दिनुभयो ।

असार १९ गतेदेखि साउन ५ गतेसम्म संचालन भएको प्रतियोगितामा जिल्ला भरीका १७ जना विद्यार्थीहरुको सहभागी भएको अनेरास्ववियु जिल्ला सहसचिव गुरुङले जानकारी दिनुभयो । प्रतियोगिहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य मायानाथ अधिकारीले नगद, लमजुङ जिल्ला इन्चार्ज रामसरण बस्नेतले प्रमाण पत्र, ८ पालकाका इन्चार्ज जमिन्दमान घलेले खाँदा र जिल्ला कमिटिका पार्टी अध्यक्ष कृष्णप्रसाद अधिकारीले टिका लगाइदिनु भएको थियो ।

प्रतियोगिताको मुल्यांकन भने बुद्धिजीवी परिषद् लमजुङका अध्यक्ष विमल अधिकारी र नेकपा एमाले लमजुङ जिल्ला कमिटी सदस्य एवं गण्डकी प्रदेश प्रचार विभाग सदस्य बिक्रम न्यौपानेले गर्नुभएको थियो । त्यसै विच अनेरास्ववियुल आयोजन गरेको पुष्पलाल जानि राखौ प्रतियोगितामा उत्कृष्ट हुन सफल अनुज अधिकारी, विरेन्द्र गुरुङ र निक्षप कार्कीलाई पुरस्कार स्वरुप डायरी, पेन र प्रमाण पत्र प्रदान गरीएको थियो ।

(मर्स्यागंदी रेडियो)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्