प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

  • ख-
  • ख+

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै तिमिल्सिनाले भने, ‘आजको बैठकले पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीशको पदको नियुक्तिका लागि वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । र महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरुको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको छ ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?