मदन तिमल्सेना नेपाल क्रिकेट संघ क्यान तनहूँको अध्यक्षमा सर्वसम्मत चयन

  • ख-
  • ख+

साउन २२ । तनहूँ । मदन तिमल्सेना नेपाल क्रिकेट संघ तनहूँको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ । संघको बन्दिपुरमा भएको निर्वाचनमा तिमल्सेना चयन हुनुभएको हो । त्यसैगरि संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिव अमित कैनी, सचिव मनोजकुमार सुवर्णकार, सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज नहर्की, नरेश के.सी. , मोहनराज गुरुगं र अतिशकुमार खड्का चयन हुनुभएको छ ।
पछिल्लो समयले क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेटको राम्रो वातावरण बनाउन र निर्माणाधिन क्रिकेट मैदानहरु पुरा गर्ने लक्ष्यतिर अगाडि बढ्न आफ्नो समितिले भरमग्दुर काम गर्ने नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्