शिक्षा विधेयकविरुद्ध निजी विद्यालयको आन्दोलन घोषणा

  • ख-
  • ख+

साउन २३ । काठमाण्डौ । सरकारद्धारा संसदमा पेश गर्न लागिएको शिक्षा विधेयकले निजी विद्यालयहरुको मागलाई नसमेटेको भन्दै निजी विद्यालय सम्वद्ध संस्थाहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै नीजि विद्यालयहरुका संस्था प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका हुन् । उनीहरुले विभिन्न चरणमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा जानकारी दिएको अनुसार उहाँहरुले भोलि २४ गते पालिका र जिल्ला प्रशासन सम्बन्धित कार्यालय, सम्बन्धित कार्यसमिति कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने,२६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया गर्ने २७ गते आ आफ्ना बैठकमासङ्गठनमा समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।

भदौ १ गते अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधानहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम तय गरेको छ ।

प्याब्सन, हिसान र नेसनल प्याब्सनले शिक्षा विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने अभिप्रायका साथ विधेयक ल्याइएको भन्दै आपत्ति जनाएको छ ।

सरोकारवालाहरूले वर्षौंदेखि शिक्षा ऐन संशोधन र निजी लगानीमा सञ्चालन गरिएका शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाका बारेमा आवाज उठाउँदै आएता पनि प्रस्तुत सुझावहरूलाई वेवास्ता गरी प्रस्ताव गरिएको विधेयकमा एकपटक पनि छलफल नगरी शिक्षा मन्त्रालयले मन्त्री परिषद्मा पेस गर्नु अत्यन्तै दुखद भएको पनि पत्रकार सम्मेलनमा बताईएको थियो ।

सरकारले मन्त्री परिषद्बाबाट पास भएको प्रस्तावित विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । सो विधेयक निजी लगानी तथा व्यवस्थापनमा सञ्चाल भएका शैक्षिक प्रतिष्ठानहरूको अस्तित्व नामेट पार्ने उदेश्यबाट अभिप्रेरित भएको तीन संस्थाको ठहर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्