नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले दिए किटानी जाहेरी

  • ख-
  • ख+

२९ साउन । काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने लोभ देखाएर ठगिएको भन्दै थप १८ जना पीडितले उजुरी हालेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब १ करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगिएको भन्दै छुट्टाछुट्टै किटानी जाहेरी परेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौंमा सानु भण्डारी, केशव दुलालसमेतको संयुक्त मिलेमतोमा विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी विभिन्न किसिमका प्रलोभन र विश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौंलगायतका जिल्लाहरूका १८ जना पीडितहरूले उजुरी दिएको प्रहरीले बताएको छ ।

उक्त जाहेरी दरखास्त आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको रेग्मीले बताए ।

यस प्रकरणमा बालकृष्ण खाण, टोपबहादुर रायमाझीलगायत पुर्पक्षमा थुनामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?