एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

  • ख-
  • ख+

काठमाडौँ — गत आर्थिक वर्ष २०७९र८० मा कुल १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह अघिल्लो आर्थिक वर्ष २०७८र७९ को तुलनामा २१।२ प्रतिशतले बढेको हो ।

असार महिनामा मात्रै कुल १ खर्ब ८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दा रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको हो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या गत आर्थिक वर्ष ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको प्रतिवेदनमा उल्लेख छ । पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष पुनः श्रम स्वीकृति लिएकाको संख्या २ लाख ७७ हजार २७२ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्