बेसीशहरमा कुटुम्ब रेष्टुरेण्ट सञ्चालनमा

  • ख-
  • ख+

लमजुङ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा नयाँ रेष्टुरेण्ड कुटुम्ब सञ्चालनमा आएको छ । बेसीशहरका चार जना युवाले संयुक्त रुपमा कुटुम्ब नामक रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न पेशामा आवद्ध युवाहरुले जिल्लाबासी र बाहिरबाट आएका पर्यटकहरुलाई लक्षित गरी व्यवसायिक रेष्टुरेण्ट शुरु गरेका हुन् । यसअघि अन्य व्यवसाय गर्दै आएका बेसीशहरका सरोज वाग्ले, गणेशमान श्रेष्ठ,लक्ष्मण न्यौपाने र अमृत श्रेष्ठले संयुक्त रुपमा नयाँ रेष्टुरेण्ट शुरु गरेका हुन् ।

विहिबार एक औपचारिक कार्यक्रमका विच रेष्टुरेण्टको उद्घाटन भएको हो । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले रेष्टुरेण्टको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रदेस सभा सदस्य पौडेलले नयाँ सोच र व्यवस्थापन सहित व्यवसायलाई चलायमान बनाउन सके मुलुकमा देखा परेका आर्थिक संकटका समस्या पनि न्युनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि विभिन्न व्यवसायमा अनुभव प्राप्त युवाहरुको लगनशिलताले व्यवसायिक सफलता प्राप्त गर्ने साँसद पौडेलको भनाई थियो ।

सोहि कार्यक्रममा बोल्दै लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले मुलुकमा देखिएको आर्थिक संकटले व्यवसायिक समस्या भईरहेका बेला नयाँ व्यवसाय शुरु गर्नु आँफैमा चुनौतिपुर्ण भएको उल्लेख गर्नुभयो । यद्यपी आर्थिक संकट भयो भनेर चुप लागेर बस्नु भन्दा व्यवासायबाटै समस्या समाधानको विकल्प खोज्नु अर्थपुर्ण हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा, प्रथम उपाध्यक्ष मृगेन्द्र घिमीरे, द्धित्तिय उपाध्यक्ष भरत कुमार श्रेष्ठ, बेसीशहर–९ का वडा अध्यक्ष खुशीजङ गुरुङ, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य किसान संगीत नेपाली, जिल्ला निवर्तमान अध्यक्ष आश गुरुङ लगायतको विशेष उपस्थिती रहेको थियो ।

रेष्टुरेण्ट सञ्चालक मध्ये सरोज वाग्लेले सो बाहेक बेसीशहरकै नारायणस्थान चोकमा दशक अघिदेखि बेकरी सञ्चालन गर्दै आएका छन् । त्यसैगरी अर्का सञ्चालक लक्ष्मण न्यौपाने र गणेशमान श्रेष्ठले डेढ दशक अघिदेखि फेन्सी व्यवसाय गर्दै आएका छन् । अर्का सञ्चालक अमृत श्रेष्ठ भने करिव चार वर्ष बैदेसिक रोजगारीमा अनुभव लिएर अहिले स्वदेशमा रेष्टुरेण्ट व्यवसाय शुरु गरेका हुन् ।
युवाहरुले रेष्टुरेण्ट सञ्चालनका लागि संयुक्त रुपमा ३० लाख भन्दा बढि लागत परेको बताएका छन् । ग्राहकहरुको चाहनालाई मध्यनजर गरी स्वाद र मुल्यमा कुनै गुनासो नहुने गरी व्यवसाय शुरु गरेको व्यवसायी युवाहरुले बताएका छन् ।

मर्स्याङदी खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्