भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको कपडा र काजुसहित दुईवटा ट्रक नियन्त्रणमा

  • ख-
  • ख+

(भैरहवा भन्सार कार्यालय। फाइल: तस्बिर)

९ भाद्र । बुटवल । भैरहवा भन्सार कार्यालय। फाइल तस्बिर प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ।

भारतबाट प्लाष्टिकका दाना भनेर लहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय स्रोतले जानकारी दिएको छ।

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजांच गर्दा ठूलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिइएको बताए।

ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को होरुभन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले बताए।

ञभन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतीको सामान छ भनेको गाडीमा अर्कै समान छ भन्ने सुचनाका आधारमा चेकजांच गर्दा कपडा काजु किसमीस लगायतका सामाग्री भेटिएको छ तर चालकहरु फरार भएका कारण कसको हो भन्ने खुल्न सकेको छैन, सूचना अधिकारी युवराज भटराईले भने।

भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार शुक्रबार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बराबरका सामान रहेको पाइएको छ।

अझै ती सामानहरुको मुल्यांकन गर्ने काम हुँदै छ, हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौ भन्सार प्रमुख पौडेलले भने।

सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्