ग्रिन डेभलपमेन्ट बैक दमौली शाखाद्वारा शैक्षिक सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

९ भाद्ग । तनहूँ । ग्रिन डेभलपमेन्ट बैंकको ११ अौं बार्षिकाेत्सवकाे उपलक्ष्यमा दमाैली शाखाद्वारा व्यास ४ मा रहेको नुरि हनिफ स्लामिक मदरसालाई विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।
बैंककाे स्थापना दिवसको अवसरमा बैंकका सम्पूर्ण शाखाद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरिएकोमा दमाैली शाखाद्वारा मुस्लिम समुदायको मदरसालाई शैक्षिक सामाग्री वितरण गरिएकाे शाखा प्रवन्ध सुदिप न्याैपानेले बताउनुभयो साथै बैकले आगामी दिनहरुमा विभिन्न तवरले सामाजिक उत्तरदायित्व बहन गर्ने पनि शाखा प्रवन्धक न्यौपानेले बताउनु भयो ।
बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा गर्नुका साथै स्थानीय स्तरमै सञ्चालित उधमशिलतासँग सम्वन्धित तथा अन्य उत्पादनशिल क्षेत्रलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आफ्नोतर्फबाट उने, नेपाल सरकारबाट व्याज अनुदान प्राप्त हुने सहुलियतपुर्ण कर्जा प्रवाह गरेकाे,हालकाे तरलता अभावको अवस्थामा समेत निक्षेप परिचालन तथा कर्जा प्रवाहमा उल्लेख्य उपलब्धि हाँसिल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर वुढाथाेकीकाे भनाई रहेकाे थियोे ।
कास्की,बागलुङ,म्यादी र नवलपुर जिल्लामा रहेका १५ वटा शाखा कार्यलयहरुबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरू माेवाईल बैंकिङ,एटीएम सेवा, आईपिएस जस्ता सुविधाका साथै वचत तथा मुद्वति खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएकाे कुरा बैंकका मार्केटिङ विभाग प्रमुख संयुक्त ढाक्वाले जानकारी दिनुभयो भने वार्षिक उत्सवकाे अवसरमा विभिन्न नयाँ बचत खाताहरु सञ्चालनमा ल्याईएकाे कुरा वित्त विभाग प्रमुख दुर्गा श्रेष्ठले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्