दमौलीमा बुधवारे कृषि हाट बजारको उद्घाटन

  • ख-
  • ख+

३ असोज । तनहूँ । तनहूँको दमौलीमा बुधवारे कृषि हाट बजारको उद्घाटन गरिएको छ । तनहूँ क्षेत्र नंं १ का सांसद डा. स्वर्णिम वाग्लेले व्यास नगरपालिकाको लगानीमा खुलेको उक्त हाट बजारको उद्घाटन गर्नुभएको हो । उक्त अवसरमा प्रमुख अतिथि सांसद डा. वाग्लेले हाट बजारहरुले स्थानिय कृषि उत्पादनलाई बिक्रिको लागि मार्केट निर्माण गर्ने भएपनि स्थानिय उत्पादनलाई ईन्टरनेटको युगमा अन्य बजारमा पुर्याउन, उत्पादनको उचित मुल्य पाउनको लागि बिचौलियाको मारबाट कृषकलाई बचाउनको लागि अनलाईन बजार पनि शुरु गर्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रम बारे प्रकाश पार्दै कार्यक्रमका सभापति व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको लगानीमा १३ बटा स्टलहरु निर्माण गरिएकोले जुनसुकै बेला पनि निःशुल्क प्रयोग गर्न पाईने भएकोले दमौलीका चौतारी, चोक पेटीतिर बस्ने कृषि उत्पादन बिक्रेताहरुले यस्लाई प्रयोग गर्नुपर्ने बताउनुभएको थियो ।

बुधवारे हाट बजारको लागि व्यास नगरपालिकाको लगानी २०७८ सालमा व्यास ३ अनसन चौतारी नजिकै दमौली अस्पताल जाने बाटोमा १३ वटा टहराहरु निर्माण गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्