तनहूँको दमौलीमा मानुगंकोट रिर्सोटको औपचारिक उद्घाटन

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ५ सिर्दीमा १० करोडमा निर्माण गरिएको सुविधा सम्पन्न मानुगंकोट रिर्सोटको आज उद्घाटन गरिएको छ । दमौलीका व्यवसायी तुलसीराम पाण्डेले ल्याएको रिर्सोटको एक कार्यक्रमका बिच पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको हो । रिसोर्टको उद्घाटन गर्दै देशमा आर्थिक मन्दी छाईरहेको बेला व्यवसायी पाण्डेले संचालनमा ल्याएकोृ रिर्सोटले युवाहरुलाई रोजगारी दिनुका साथै पर्यटन प्रर्वर्द्धनमा सहयोग प्र्याउने विश्वास लिनुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपि अवदेश बिष्ट, म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठ, व्यास ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल, उद्योग वाणिज्य संघ तनहूँका उपाध्यक्ष ईम कुमार मल्ल, पत्रकार महासंघ तनहूँका अध्यक्ष उज्वल पौडेलले पृथ्वी राजमार्ग, दमौली बजारको नजिक मानुगं (मानहुँ) डाँडाको फेदीमा बनेको सुविधा सम्पन्न रिर्सोटले दमौली एरियामा स्तरिय होटलहरुको अभावलाई केहि मात्रा पुर्ति गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रिर्सोट संचालक तुलसीराम पाण्डेले स्तरियता र गुणस्तरियतामा कुनै पनि कम्प्रोमाईज नगरिकन आफुले काम गर्ने बचनबद्धता व्यक्त गर्नुभएको थियो ।

पृथ्वी राजमार्ग सडक खण्डको दमौली बजारबाट पोखरा जाने बाटोमा व्यास ५ सिर्दी १७ रापनी जग्गामा संचालनमा आउन लागेको रिर्सोटमा प्रत्येक कोठामा एसिको सुविधा, प्रत्येक कोठाबाट बाहिरको मनोरम दृश्यहरु देख्न सक्ने गरि आर्कषक बरण्डा, सभा, पार्टीको लागि हलको व्यवस्था, अर्गानिक खानाको व्यवस्था रहेको रिर्सोटमा खानपिनको लागि र बास बस्न आउने पाहुनाको सुविधा र स्वास्थ्यलाई ख्याल राख्दै आफ्नै फार्ममा खसी, बोका,, माछा र लोकल कुखुरा पालनतथा तरकारी उत्पादन गरेको छ । केहि समयमा नै स्विमिगं पुल निर्माण गरिने पनि संचालक पाण्डेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्