आफैंमा आफ्नो नभएको, जिन्दगी हुँ
मानकि म दुई किनाराहरुको, नदि हुँ ।

आजकल दुनिँयालेमलाई , यसरी हेर्दैछ
जस्तो कि घरबाट खसेको, आँगनी हुँ ।।

आजै गद्धार ठान्छन् , हिजो उदार मान्नेहरु
यो समय म रस निचोरिएको, कागती हुँ ।

तिमी स्वार्थी बन, आफु बन अब देखि
म त दुनिँया बनाँउदा सकिएको, अवधि हुँ ।।

प्रेम गिरी ‘बिशाल’
दमौली, तनहूँ
साभारः प्रेम गिरी ‘बिशाल’को फेसबुकबाट

अन्तिम पटक अध्यावधिक गरिएको 167 Viewed

प्रतिक्रिया दिनुहोस्