होटलमा घाँटी रेटेर महिलाको हत्याः शङ्कास्पद एक व्यक्ति पक्राउ

  • ख-
  • ख+

त्रिवेणी (रुकुम पश्चिम) । रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले अनुसन्धान चलिरहेकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना वि.क. खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत भेटिएकी थिइन् । साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा शङ्कास्पद एक व्यक्ति पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्