रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित

  • ख-
  • ख+

काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । उनी हुम्लाका प्रहरी प्रमुखसमेत हुन् ।

रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए ।

सँगै उनलाई प्रहरी हेडक्वार्टरले जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ ।
हाल भट्टराईको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी स्रोतले बतायो ।

डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका अधिकृत हुन् । २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्