हर्कत

  • ख-
  • ख+

(कवि जयराम अधिकारी)

लाशले न्याय मागेर देश कुरिरहेको छ,
नेताले देश बनाउने र सुशासनको कुरा गरिरहेको छ,
सायद,
अब त जनयुद्ध सकियो होला ।
अझै बाँकी केही छ र ?
मजदुर र किसानसँग मुठी चामल माग्न,
अमुल्य सम्पदा खरानी र छियाछिया पार्न ,
कसैसँग चन्दा माग्न र वैङ्क लुट्न,
कसैलाई जिउँदै जलाउन वा खेद्न,
कसैलाई जिउँदै पुर्न र झुन्ड्याउन,
कसैको बालबच्चा टुहुरा बनाउन वा सिन्दुर पुस्न,
अनि
बेखबर र बेघरबार बनाउन…
शान्त बस्तीहरु उजाड र निर्जन पार्न ,
समग्रमा
यो देशको बिकास र सभ्यता कहिल्यै नफर्कने गरि सिध्याउन ।
अझै कुनै नयाँ बिचार र नीति छ र ?
यो देश ढलाउन र गलाउन ?
पाजीहरुले बाजी मारे,
आहा ! कतिसम्म गर्नु गरे !
दक्षिण एशिया कै धनी हुनुपर्ने देश दक्षिण एशिया कै गरीब अरे !
आहा ! कतिसम्म गर्नु गरे !
दक्षिण एशिया कै धनी हुनुपर्ने देश दक्षिण एशिया कै गरीब अरे !
( जयराम अधिकारी, व्यास १, तनहूँ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्