
(कवि आकाश अधिकारी)
हरेक प्रहरमा अस्तित्व संकटमा देखिन्छ !
न बलिदान देखिन्छ न इतिहास लेखिन्छ !
कालापानी, सुस्ता काठमाडौ भन्दा टाढा छ !
स्वाभिमानि को शिर यहाँ किन रेटिन्छ ?
घुम्दै ,चहार्दै देशको मानचित्रमा कोहि !
लिपु लेकमा त कहिले टनकपुरमा भेटिन्छ !
डर लाग्न थालेको छ हिस्रक पिपासु देखि !
सिंहदरबारको कुर्सी माथिकै नक्सा मेटिन्छ !
बुर्जुवा सत्तामा जब देखि लिप्त भए मनहरु !
स्वच्छ आकाशमा कालो रङ किन पोतिन्छ ?
आकाश अधिकारी
दमौली, तनहूँ