व्यासका मेयर वैकुण्ठ न्यौपाने चिनमा भएको नवौ कंग्रेस सम्मेलनबाट काउन्सिल र कार्यकारी व्यूरो सदस्यमा निर्वाचित

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने चिनमा भएको नवौ कंग्रेस सम्मेलनबाट काउन्सिल सदस्य र कार्यकारी व्यूरो सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
कार्तिक २७ गतेदेखी २९ गतेसम्म मित्रराष्ट्र चिनको YIWU शहरमा UCLG ASPAC (United Cities and Local Governments Asia Pacific)  को आयोजना र थ्क्ष्ध्ग् नगर जनसरकार र वैदेशिक मित्रता सम्बन्धी चाइनिज जन संगठनको सहआयोजनामा भएको नवौ कंग्रेस सम्मेलनमा न्यौपाने काउन्सिल सदस्य र कार्यकारी व्यूरो सदस्यमा निर्वाचित हुनुभएको हो ।
उक्त सम्मेलनमा चिन, भारत, पाकिस्तान, वंगलादेश, मलेशिया, श्रीलङ्का, इण्डोनेशिया, दक्षिण कोरिया, जापान, फिलिपिन्स, न्यूजिल्याण्ड, नेपाल, ताइवान लगायतका देशहरुबाट करिब ५०० प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपालबाट विराटनगर महानगरपालिका, घोराही उप-महानगरपालिका, धुलिखेल, व्यास, वालिङ, कागेश्वरी मनहरा नगरपालिका, जि.बि.स. महासंघ, नेपाल नगरपालिका महासंघ, नेपाल गाँउपालिका महासंघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त सम्मेलनको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार व्याञ्जू UCLG ASPAC  का अध्यक्ष रहनुभई सयुक्त राष्ट्रसंघका पूर्व महासचिव वानकी मुनले उद्घाटन गर्नुभएको थियो ।

सम्मेलनमा विभिन्न देशका नगरहरु विच औधोगिक विकास, ग्रामिण सशक्तिकरण, युवा व्यवसाय प्रबर्धन, बालबालिका मैत्री, महिला सशक्तिकरण, मौसम परिवर्तनका असरहरुसंग सम्बन्धित विषयहरुमा विज्ञहरु र विभिन्न नगरपालिकाका चुनौती र उपलब्धिहरुका विषयमा अन्तरक्रियाहरु भएका थिए । सम्मेलनले २०२३/२०२५ का लागि नयाँ समिति समेत निर्वाचित गरेको छ । उक्त सम्मेलनमा नेपालका श्री अशोक कुमार व्याञ्जुको कार्यकाल समाप्त भई नयाँ अध्यक्षमा फिलिपिन्सका Quirino Province का गभर्नर एवं फिलिपिन्स स्थानिय निकायका अध्यक्ष Dakila Carlo Cua सर्वसम्मत निर्वाचित भएका थिए । दक्षिण एवं दक्षिण पश्चिम एसिया क्षेत्रबाट सह-अध्यक्षमा श्री भिम प्रसाद ढुङ्गाना-अध्यक्ष, नेपाल नगरपालिका महासंघ सर्वसम्मत निर्वाचित हुनुभएको थियो । व्यास नगरपालिका उक्त संगठनको Nov, 2017 देखी निरन्तर सक्रिय सदस्य रही आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्