नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडिमा ताप्लेजुङमा तोडफोड

  • ख-
  • ख+

१० मंसिर, काठमाण्डौ । नेकपा एमाले सचिव योगेश भट्टराई चढेको गाडीमा ताप्लेजुङमा तोडफोड भएको छ ।

नेपालको पुवी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।

ताप्लेजुङमा नेकपा एमालेद्धारा आयोजित कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।

ढुंगा लागेर भट्टराई चढेको गाडीको अगाडिको सीसा फुटेको छ । ‘उहाँ कार्यक्रम सकेर फर्किसक्नुभएको थियो, डेढ किलोमिटर पर होटलमा बसेका पहिचान पक्षधरले डिस्टर्ब गरे, एक जनाले परबाट गाडीमा ढुंगा हान्दा गाडीको सीसा फुटेको छ’, उनले भने । ढुंगा हान्नेहरुको खोजी भइरहेको डीएसपी लिम्बुले बताए ।

प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।

यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्