परालले छोपेको अवस्थामा महिलाको शव भेटियो

  • ख-
  • ख+

१२ मंसिर, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैंचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।

दुईरतीन दिनअघि हत्या गरेर शव लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्