नगरपालिकाका सब इन्जिनियर ८० हजार घुससहित पक्राउ

  • ख-
  • ख+

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।

अख्तियारको टोलीले बिहीबार साँझ राईलाई नियन्त्रणमा लिएको हो । उनले घर निर्माण सम्पन्न भएपश्चातको प्रमाणपत्र दिएबापत सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्