सर्वज्योतिमा प्रकाशित समाचारबारे दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाको खण्डन

  • ख-
  • ख+

१९ मंसिर । । तनहूँ । सर्वज्योति डट कम www.sarbajyoti.com मा भाद्र २७ गते प्रकाशित समाचार जततउस्ररकबचदबवथयतष्।अयmररुउ.ज्ञटघण्ठ र जततउस्ररकबचदबवथयतष्।अयmररुउ.ज्ञटघछढ प्रति आपत्ति जनाउदै दमौली अस्पतालका अध्यक्ष देवेन्द्र थापाले खण्डन गर्नुभएको छ ।

अध्यक्ष थापाको खण्डन विज्ञप्तिः

२०८० असोज, १०
श्री सम्पादकज्यू,

विषयः भ्रामक समाचारको खण्डन गरिएको बारे ।
कमिशन गुम्ने डरले निः शुल्क पाइने स्वास्थ्य सामाग्री लिन दमौली अस्पतालका अध्यक्षद्धारा अस्विकार गरेको आशंका शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सर्वज्योति डट कम नामक अनलाइन पोर्टलमा मिति २०८० साल भाद्र २७ गते प्रकाशित समाचारको वास्तविकता सरोकार जनसमुदाय र सरोकार सबैका लागि उजागर गर्न आवश्यक छ। यही आवश्यकताअनुसार म प्रस्तुत समाचारका विषयमा वास्तविकता प्रस्तुत गर्न चाहन्छु
दमौली अस्पताल गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहत रहेको छ। यस अस्पताल १५ शैया सरकारबाट स्वीकृत भएपनि अस्पतालको आन्तरिक स्रोतबाट ५० शैया सञ्चालित छ । दिनप्रतिदिन अस्पतालम बिरामीको चाप बढदै जादा अस्पताललाई बिरामीको चाप अनुसार कम शैयाको अस्पताल भएको हुदाँ चाहे जस्तो सेवा दिन कठिनाई भई रहेको छ । दमौली अस्पताल व्यवस्थापन समितिले बारम्बार प्रदेश सरकारलाई अस्पताल स्तरोन्नतिको लागि पहल गर्दै आइरहेको छ । यसै क्रममा बिरामीको अत्याधिक चापको कारण भएको डेंगी परीक्षण गर्ने किट अस्पतालमा कम रहेको कारण अस्पताल व्यवस्थापन समितिले तत्काल किट उपलब्ध गराउन गण्डकी प्रदेश सरकार समक्ष पहल गरिरहेको थियो । दमौलमा अस्पताललाई प्रदेश सरकारले डेंगीको बिरामी बढेको र दमौली अस्पताललाई किट तत्काल उपलब्ध गराएको थियो । हाल गण्डकी प्रदेश सरकारले आबश्यकता अनुसार किट उपलब्ध गराउदै आइरहेको छ। अस्पतालमा सहयोग स्वरुप प्राप्त हुने कुनै पनि सामाग्री अस्पतालको अध्यक्षको रुपमा मैले अस्पतालको अध्यक्षको जिम्मेवारी लिए देखिनै अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले बुझने ब्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारसँग डेंगी परिक्षण किट उपलब्ध गराउन चाहानु भएको जिल्ला स्थित डा। स्वर्णिम वाग्लेको सचिवालयले जानकारी गराएको थियो । अस्पतालमा सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्री अस्पतालका मेडिकल सुपरिटेण्डेन्टलाई बुझाउने गरिने भएकोले माननीय सांसद डा। स्वर्णिम वाग्लेबाट प्राप्त भएको किट दमौली अस्पतालका मेसुले बुझनु भएको हो । अस्पताललाई कसैले स्वास्थ्य सामाग्री प्रदान गर्दा अस्पतालले सधै सहज रुपमा लिदै आएको छ। डेंगी किट प्रदेश संरकारले अस्पताललाई निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ र अस्पतालले पनि विरामीलाई निःशुल्क रुपमा परिक्षण गर्दै आइरहेको छ ।

प्रदेश सरकारको चाहना र अस्पताल व्यवस्थापन समिति एवं जनताको चाहना पनि दमौली अस्पतालको सेवा विस्तार गर्ने रहेकोले व्यवस्थापन समिति अस्पतालको सेवा विस्तार गर्न दृढ रहेको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौ । हाम्रो उद्धेश्य पनि गरिब तथा निम्खा जनताले घर आँगनमै स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने नै हो । दमौली अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मलाई म मेरो फोटो राखेर निशुल्क प्रदेश सरकारले उपलब्ध गराई उपलब्ध किटबाट बिरामीलाई निः शुल्क उपचार गर्दै आईरहेकोमा कमिशनको कुरा नमिलि किट नल्याएको र डेगीं बिरामीलाई बाहिर क्लिनिकमा पठाई कमिशन खाएको भन्ने आधारहिन भ्रामक समाचार सम्प्रेषण गष्रि अरुमाथि धृणा र द्धेष फैलाउने कार्य गर्नु अनैतिकता र निलज्जताको पराकाष्ठ हो । हामीलाई थाहा छ जनताको सरोकार राख्ने यो अस्पताल निर्माणमा निरन्तर अवरोध गर्ने र सकेसम्म अस्पताल बन्नै नदिने तत्वहरु क्रियाशिल छन् । कुनै पनि कार्य गर्दा अनेकन प्रक्रिया हुन्छन् जस्को सामान्य पक्रिया पनि थाहा नपाए झै गरि प्रकाशित समाचारको हामी तिब्र खण्डन गर्दछौ । मेरो नेतृत्वमा रहेको समितिले २०७८।११।११ मा पदवहाली गरेपछि हरेको कुराहरु पारदर्शी छन् । हरेक कुराको पारदर्शी प्रक्रियालाई निरन्तरता दिने कुरामा हामी प्रतिबद्ध छौ । जनता र सरोसकारवाला पक्षले महसुस गरेको जुनसुकै बेलामा पनि हामी सबै कुरा प्रस्तुत गर्न तयार छौ । साथै अस्पतालसम्वद्ध सम्प्रर्ण आर्थिक गतिविधि सम्बन्धि सूचनालाई आम जनताले माग गरिआएमा हामी अस्पतालको सम्प्रर्णै आर्थिक कृयाकलापलाई सार्वजनिक गर्न हामी प्रतिवद्ध छौ ।

नयाँ व्यवस्थापन समिति आएपछि बालरोग विशेषज्ञ, हाडजोनी तथा नसा रोग बिषेशज्ञ, सर्जिकल सेवा, खानेपानी व्यवस्थापन, अस्पतालको सरसफाई, सेवामा चुस्तदुरुस्तताजस्ता सेवाका काम अघि बढेका छन् । ल्याव सदृढिकरणका साथै २४ सै घन्टा डाक्टरको व्यवस्था गरिएको छ । अस्पताललाई आवश्यक पर्ने जनशक्ति र आवश्यक सामाग्री व्यवस्थापनका लागि संघको स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्रीको कार्यालय सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयमा निरन्तर पहल भईरहेको कुरापनि हामी यहाँलाई जानकारी गराउन चाहन्छौ ।
देवेन्द्र थापा
अध्यक्ष
दमौली अस्पताल व्यवस्थापन समिति, तनहूँ

(नोटः पुनः प्रकाशित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?