ग्रिन डेभलपमेन्ट बैंक दमौली शाखाद्धारा व्यास ९ मा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम संचालन

सर्वज्योति
  • ख-
  • ख+

तनहूँ । ग्रिन डेभलपमेन्ट बैंक दमौली शाखाद्धारा व्यास ९ मा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । व्यास नगरपालिका वडा नम्बर ९ अध्यक्ष सुरेश थापा सहित वडा बासीहरुलाई वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष थापाले कार्यक्रमले भबिष्यका लागि बचत कसरी गर्ने भन्ने बारे जानकारी दिएकोले सहभागीहरुलाई फाईदा पुगेको उक्त कुराहरु सर्वसाधारणलाई बुझाउन सहज भएको भन्दै बैकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उक्त कार्यक्रम संचालकको जिम्मेवारी निर्वाह गर्नुभएका ग्रिन डेभलपमेन्ट बैक दमौली शाखा प्रमुख सुदिप न्यौपानेले वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमले वित्तिय ज्ञान बढाउने भएकोले बैकले यस्ता कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएको बताउनुभएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्