लमजुङ उद्योग वाणिज्य संघले ४८ औ स्थापना दिवस मनायो

सर्वज्योति
  • ख-
  • ख+

२८ पुस । बेसीशहर । लमजुङ उद्योग वाणिज्य संघले सँस्थाको ४८ औ स्थापना दिवस विहिवार एक कार्यक्रमका विच मनाएको छ । स्थापना दिवससँगै ३७ औ वार्षिक साधारण सभा एवं १८ औँ अधिवेशन पनि भएको हो ।

संघका अध्यक्ष गुणराज सिलवालको अध्यक्षता एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले मुलुकमा विगतको अस्थिर राजनिति, कोभिड–१९ को प्रभाव र अन्तराष्ट्रिय द्धन्दका कारण खस्किएको उद्योग तथा व्यपार व्यवसाय सुधारोन्मुख भएको उल्लेख गर्नुभयो ।

लामो समयदखि आर्थिक क्षेत्रमा परेको असरलाई न्युनिकरण गर्न उद्योग बाणिज्य महासंघको तर्फबाट सरकारसँग समन्वय भईरहेको भन्दै अध्यक्ष ढकालले व्यवसायीहरुलाई नितिगत रुपमा सहज वातावरण तयार गर्न पहल भईरहेको उल्लेख गर्नुभयो । अहिलेको अस्थिरता सधैभरी नरहने भन्दै उद्योगी व्यवसायीहरुलाई निराश नभई सकरात्मक सन्देश प्रवाह गर्न अध्यक्ष ढकालको आग्रह थियो ।

देशभरका साना व्यवसायीहरुलाई समन्वय गरेर उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने तयारी भएको भन्दै अध्यक्ष ढकालले लमजुङमा लगानी गर्न सकिने सम्भाव्यताको पहिचान गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष गुणराज सिलवालले मुलुकमा देखापरेको आर्थिक संकटले धेरै व्यवसायीहरु पलायन हुँदै आएको बताउनुभएको थियो । व्यवसायीहरु धरासायी अवस्थामा पुगेको अवस्थामा पनि लमजुङ उद्योग बाणीज्य संघले जिल्लाको उद्योगी व्यपारीहरुको हक हितका साथै सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष सिलवालको भनाई थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवं संघका पुर्व अध्यक्ष भेषबहादुर पौडेल, प्रदेश सभा सदस्य पार्वती तामाङ, उद्योग बाणिज्य महासंघ केन्द्रिय सदस्य जिवनज्योती श्रेष्ठ, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोईराला, नपाली काँग्रेस जिल्ला सचिव कृष्णबहादुर अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेकपा माओबादी जिल्ला सचिव सुनिल सुनार, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा लगायतले सम्बोधन गरेका थिए ।

साधारण सभाका अवसरमा लमजुङ उद्योग वाणिज्य संघले दुई जना महिला उद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा बेसीशहर–७ स्थित आशिका ढाका कपडा उद्योगकी सञ्चालक रणकुमारी गुरुङ र बेसीशहर–८ स्थित सुन्तली सुनचाँदी पसलकी सञ्चालक सुन्तली सुनार रहनुभएको छ ।

त्यस्तैगरि संघका संस्थापक स्वर्गीय शनद कुमार श्रेष्ठको स्मृतिमा उहाँका छोराहरुले स्थापना गरेको पुरस्कारबाट गत शैक्षिक वर्षको एसइइ परिक्षामा जिल्ला प्रथम हुन सफल छात्रतर्फ बालकल्याण मावि भकुण्डेका किष्मत अधिकारी र छात्रातर्फ ग्लोवल भिजन बोर्डिङ स्कुल भोटेओडारका आशिका थापा लाई प्रदान भएको छ । उत्कृष्ट विद्यार्थीद्धयलाई पनि नगद पाँच हजारको साथमा सम्मान पत्र प्रदान भएको संघले जनाएको छ ।

संघका महासचिव प्रदिप बस्नेतले सहजिकरण गर्नुभएको सो कार्यक्रममा संघका द्धित्तिय उपाध्यक्ष भरतकुमार श्रेष्ठले धन्यबाद व्यक्त गर्नुभएको थियो ।
साभारः मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्