जंग बहादुर चाहिएको छ !

सर्वज्योति
  • ख-
  • ख+

(सुशील देवकोटा)

देश टुक्र्याउन खोज्नेहरु धेरै भए
अब हामीलाई देश बचाउनेहरु चाहिएको छ ,
मन्डेला र ली क्वान खोजौंला पछि
अहिले १७ सालको निर्णय चाहिएको छ ।

झुठो आश्वासनहरु धेरै बाँडिए
अब हामीलाई यथार्थ चाहिएको छ,
पशुपतिनाथलाई गुहारौंला पछि
अहिले सुन्दरीजलको जेल चाहिएको छ ।।

युग परिवर्तनशील छ
हामीलाई परिवर्तन चाहिएको छ ,
बुद्धलाई ब्युझाउँला फेरि पछि
अहिले एउटा जङ्ग बहादुर चाहिएको छ ।।।

(कलाकार दिपकराज गिरीसग कवि तथा कलाकार शुसिल देवकोटा)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्