उद्योगी व्यवसायीहरुको भेलामा सहभागी हुन अपिल

  • ख-
  • ख+

काठमाण्डौ । ” जिम्मेवार व्यवसायी बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चता र रोजगारीको श्रृजना आजको आवश्यकता ” भन्ने मुल नाराका साथ राष्ट्रिय उद्योग व्यवसायी महासंघ नेपालले भेलाको आयोजना गर्न लागेको छ । नेकपाका सद्धेय अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री के पी शर्मा आलीको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएको भेलामा सहभागी हुन सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुलाई नेपाल राष्ट्रिय व्यवसायी महासंघले अपिल गरेको छ ।


यहि फागुन ३ गते सोमवार दिन प्रज्ञा भवन, कमलादी , काठमाण्डौमा हुने भेलाले कोरोना महामारीले थिलोथिलो बनाएको अर्थतन्त्र उकास्न र व्यवसायी हकहितको लागि अर्थपूर्ण निर्णय गर्ने आयोजकहरुको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?