ड्युटीमा खटिएका प्रहरी जवानको तलाबाट खसेर मृत्यु

  • ख-
  • ख+

पोखरा । ड्युटीमा खटिएका प्रहरीको लडेर प्रहरी जवान ३२ बर्षिय ठग बहादुर आलेको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङ्कोटमा रहेको वडा कार्यालय भवनसँगै रहेको तेश्रो तलाबाट लडेका आलको अस्पताल लैजानु अगावै मृत्यु भएको थियो । लडेपछि आलेको उद्धार गरी मनिपाल अस्पताल लगेपश्चात चिकित्सकले मृत्यु भइसकेको घोषणा गर्नुभएको थियो ।

आलेको शव पोस्टमार्टमको लागि पोखरा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने कास्की प्रहरीले जनाएको छ ।

गोरखा जिल्लाको बासिन्दा आले करिब १ वर्ष अगाडि देखि सराङ्कोटमा कार्यरत हुनुहन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्