मादी नदीमा पौडि खेल्नेक्रममा १८ बर्षिय युवाको मृत्यु

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

जिल्ला तनहुँ व्यास नगरपालिका–७ सत्रसयस्थित मादी नदीमा आइतबार (मिति २०८२ चैत २८ गते) दिउँसो करिब १४:०० बजे पौडी खेल्ने क्रममा लमजुङ सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोट घर भएका वर्ष १८ का सुजल दुरा नदीले बगाउँदा गम्भीर घाइते भएका थिए ।

दुरा मिति २७ गते मामा घर व्यास नगरपालिका–६ शिसाघाट आएका थिए । पौडी खेल्ने क्रममा नदीले करिब ३०० मिटर तलसम्म बगाएको अवस्थामा उनका मामा विक्रम दुराले उद्धार गरेका थिए ।

उद्धारपछि तत्काल उपचारका लागि प्रदेश अस्पताल दमौली ल्याइएकोमा दिउँसो १४:३५ बजे चिकित्सकले चेकजाँच पश्चात् उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्