कर विवरण र कर दाखिला गर्ने म्याद थप गर्न सरकारदाई चेम्बरको आग्रह

  • ख-
  • ख+

काठमाडौं, नेपाल चेन्बर अफ कमर्शले कर विवरण र कर दाखिला गर्ने म्याद थप गर्न सरकार समक्ष आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्शका तर्फबाट महानिर्देशक कैलाश कुमार बजिमयले प्रेस विज्ञप्ती जारी गर्दै चेम्बरको आधिकारीक धारणा सार्वजनिक गरेका हुन । महानिर्देशक बजिमयद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको हुँदा उद्योग व्यवसाय सम्बन्धि कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा आवतजावत साथै कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गर्न सरकार समक्ष अनुरोध गरिएको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तीमा खुलाईएको व्यहोराको पूर्ण पाठ

‘विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड—१९ महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररुपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको छ । उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेका छन् र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था रहेको छैन । सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्