कोरोनाबाट तनहूँका २ जना महिला सहित गण्डकीमा १९ जना संक्रमितको मृत्यु

  • ख-
  • ख+

तनहूँ । पछिल्लो २४ घण्टामा तनहूँ जिल्लाबाट २ जना महिलाले कोरोना भाईरसबाट ज्यान गुमाउनुभएको छ । उहाँहरुमा भिमाद नगरपालिका वडा नंं. २ की ८० बर्षिय महिला र शुक्लागण्डकी नगरपालिका वडा नं. २ की ८८ बर्षिय महिला हुनुहुन्छ ।
त्यसैैगरि पोखराका अस्पतालहरुमा उपचाररत उहाँहरु सहित १२ जना गरि गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । मृतकहरु मध्ये १७ जनाको पछिल्लो २४ घण्टामा र २ जनाको जेठ ९ गते मृत्यु भएको हो ।

मृतकहरु कास्की जिल्लाका ८ जना, स्याङजा जिल्लाका २ जना, पर्वत जिल्लाका १ जना, बाग्लुङ जिल्लाका १ जना, तनहूँ जिल्लाका २ जना ९माथी उल्लेखित०, गोरखा जिल्लाका १ जना, लमजुङ जिल्लाका १ जना, मुस्ताङ जिल्लाका १ जना, नवलपुर जिल्लाका १ जना र रुपन्देही जिल्लाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ५७० पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?