कोरोना संक्रमण हुनेको संख्या घट्यो बुधबार मात्र १४५ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिकोसंख्या घटेको छ । त्यो सगै निको हुनेको सख्या पनि बढेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकमा ६ हजार ७ सय १४ संक्रमितहरु थपिनुभएको छ भने सोही अवधिमा ६ हजार ७ सय १६ जना डिस्चार्ज हुनुभएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ३० पीसीआर र ३२२ वटा एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिनुभएको छ । काठमाण्डौ उपत्यकामा १ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा १ हजार १ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जना संक्रमित पुष्टि भएको छ।

मुलुकमा कूल संक्रमित संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।

पछिल्लो समयमा निको हुने दर ७६. ९ प्रतिशत पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु पुष्टि भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?