राजारानीको सम्झनामा दिप प्रज्वलन

  • ख-
  • ख+

चितवन । दरवारमा रहस्यपूर्ण हत्याकाण्डमा मृत्यु हुनुभएका राजारानीको सम्झनामा बुधवार चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. ३ मित्र मिलन चोकमा सर्वसाधारणहरुद्धारा दिप प्रज्वलन गरियो । कोरोना महामारी र लकडाउनको कारण थोरै मानिसहरुको सहभागितामा उक्त दिप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो । शिवसेना नेपाल चितवनको संयोजनमा गरिएको दिप प्रज्वलन कार्यक्रममा शिवसेना नेपाल चितवनका अध्यक्ष लेखनाथ पौडेलको पनि सहभागिता थियो । राष्टप्रेमी राज परिवारको अन्त्य गरिएको दिनको सम्झनामा गरिएको यो कार्यक्रम यस बर्ष कोरोना महामारी र लकडाउनको कारण भव्य गर्न नसकिएको र आगामी बर्षबाट देशभर नै भव्यरुपमा सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभएको थियो साथै देश लोकतन्त्तवादीहरुले देखाएका अनेकन जनता विरोधी कृयाकलापहरुले गर्दा स्वर्गिय राजा विरेन्द्र र उहाँको परिवारलाई जनताले धेरै नै सम्झिरहेको पनि पौडेलको भनाई रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्