युनियन लाईफद्धारा निषेधाज्ञामा पनि मृत्युदावी वापतको ५२ लाख रुपैया भुक्तानी

  • ख-
  • ख+

(गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य मृत्यु दावि वापतको रकम रु ५२ लाख ८० हजार हस्तान्तरण गर्दै)

विश्वभर कोभिड १९ महामारीको रुपमा फैलिरहेको विषम परिस्थतीमा पनि विमा कंम्पनीले आफ्नो दैनिकीलाई यथावत राख्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गरी रहेका छन् । वर्तमान समय परिस्थती प्रतिकुल रहदारहदै पनि सिमित श्रोत , साधन र जनशक्ति परिचालन गरी विमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त दुरुस्त राख्दै आएका हुन । नेपालको विमा वजारमा विमा कंम्पनीहरु प्रति अझै नकारात्मक टिकाटिप्पणी र अविश्वास गर्ने प्रचलन यथावत नै छ तर त्यस्ता कुराहरुलाई चिरदै अगाडी वढिरहेको छ युनियन लाईफ । समयमै सेवाग्राहीलाई दिनुपर्ने सेवा सुविधा प्रदान गरी छोटो समयमा नै नेपालको विमा वजारमा आफ्नो ख्याती कमाउन सफल यस कंम्पनीले सरकारले जारी गरको निषेधाज्ञाको विचमै पनि सेवाग्राहीलाई सेवा प्रदान गरीरहेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गर्दै सेवाग्राही प्रति उत्तरदायित्व वहन गरेको यस कम्पनीले वुधवार मृत्युदावी वापतको ५२ लाख भन्दा वढी रकम प्रदान गरेको छ । कम्पनीको गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक विमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गर्नुभएको हो । करिव १४ महिना अगाडी पोखरा नेटका सञ्चालक समेत रहेका न्यौपानेले ५० लाख रुपैयाको जिवन विमा गर्दा करिव ३ लाख ६० हजार रुपैया युनियन लाईफमा जम्मा गरेका थिए । ५० लाख विमाङ्क को विमा गरेका न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो । निधन पश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक निजकै निवासमा पुगि प्रदान गरीएको हो । सो अवसरमा चेक ग्रहण गर्दै हकवला न्यौपानेले विमा गरे पनि विमा कम्पनीले दिने सेवा सुविधाप्रति आफु यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गरेकोमा धन्यवाद दिदैं उक्त रकम सहि सदुपयोग गर्ने वताउनु भयो । कंम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले विमा सुुखदुखको साथी भएको वताउँदै भौतिक शरिरको अनुपस्थितीमा हुने आर्थिक क्षतीलाई विमाले न्युनिकरण गर्ने वताउदै प्राप्त रकम सही सदुपयोग गर्न आग्रह गर्नु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्