सुन्दर नेपाल ! सुन्दर घलेगाउँ !

  • ख-
  • ख+

लमजुङ जिल्लाको विकट भूगोलमा रहेको गरिब घलेगाउँ अहिले दक्षिण एशियाको नमूना गाउँ र नेपालको पहिलो स्मार्ट भिलेज भनेर चिनिएको छ । ग्रामीण पर्यटनको केन्द्र तथा होमस्टेको राजधानी पनि भनिन्छ यो गाउँलाई । यसका लागि गाउँलेहरले धेरै पसिना बगाउनुभएको छ । धेरै मानिसहरुको त्यागपूर्ण योगदानले घलेगाउँ अहिलेको यो स्थानमा पुगेको हो । घलेगाउँका जनताले ग्रामीण पर्यटन प्रवर्द्धनको २२ औं वर्षगाँठ मनाउँदैछन्, कोरोनाको त्रासबीच । धेरै धेरै शुभकामना घलेगाउँबासीलाई । त्यो भन्दा पनि धेरै शुभकामना ग्रामीण पर्यटनका नायक प्रेम घले लगायत सबैलाई । (तस्विर: सामाजिक संजालबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्