पोखरासहित कास्की जिल्लाभर आजदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने

  • ख-
  • ख+

कास्कीमा बिहीबारदेखि एलपी ग्याँस आपूर्ति ठप्प हुने भएको छ । सरकारले खोपको प्राथमिकतामा नराखेको भन्दै एलपी ग्याँस विक्रेता संघ कास्कीले बिहीबारदेखि जिल्लाभर आपूर्ति ठप्प पार्ने भएको हो ।

अग्र पङ्क्तिमा रहेका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेपनि जनताको दैनिक जीवन यापनसँग प्रत्यक्ष जोडिएको क्षेत्रलाई सरकारले बेवास्ता गरेको संघको आरोप छ । तिनै तहको सरकारलाई खोपमा प्राथमिकतामा राख्न अनुरोध गरिएको भए पनि बेवास्ता गरिएकाले आपूर्ति नै रोक्नु परेको संघका अध्यक्ष बालकृष्ण कोइरालाले बताउनुभयो ।

खोपको प्राथमिकतामा राख्न जिल्ला स्वास्थ्य कार्यालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको भए पनि उपेक्षा गरिएको संघका अध्यक्ष कोइरालाले बताउनुभयो ।

संघले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापन पत्र बुझाउँदै खोपको व्यवस्था नभएसम्म आपूर्ति बन्द गरिने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?