यस्तो छ ३ दिनको मौसम, कहाँ(कहाँ धेरै पानी पर्दैछ ?

  • ख-
  • ख+

आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक(दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?