खेलकुद सम्बन्धि वक्तृत्वकला प्रतियोगितामा तनहूँका दिग्विजय भए प्रथम

  • ख-
  • ख+

कास्कीको पोखरामा ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

असार १० देखि १२ गते सम्म सञ्चालन भएको प्रतियोगितामा तनहूँका महेश संस्कृती गुरुकुलम विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र दिग्विजय लामिछाने २ सय २४ प्रतिष्पर्धीलाई उछिन्दै प्रथम हुनुभएको छ । उहाँले जित सँगै नगद १५ हजारका साथम मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएके छ ।

गण्डकी प्रदेश यूवा तथा खेलकूद मन्त्रालयको सहयोग, प्रदेश खेलकुद परिषद गण्डकी र जिल्ला खेलकुद विकास समिती कास्कीको संयूक्त आयोजना, नेपाल ओलम्पिक कमिटीको तत्वाधान, स्पोर्टस फर अल कमिसन गण्डकी र भूतपूर्व खेलाडी मञ्च नेपालको सहकार्यमा जुन २३ ‘ओलम्पिक डे’को अवसरमा आयोजित उक्त प्रतियोगितामा श्री हिमालय मावी पर्वत कक्षा १० की छात्रा दिपशिखा सुवेदी दोश्रो हुँदै नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेकी छन ।

यसै गरी प्रतियोगितामा जन माध्यमिक विद्यालय नवलपुर श्री जनक मा. वि. कक्षा ९ मा अध्ययनरत छात्र सुर्दशन ढकाल तेश्रो हुँदै नगद ७ हजार, श्री रत्नज्योती मा. वि. कास्की कक्षा १० मा समिक्षा अधिकारी चौथो हुँदै नगद ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ ।

प्रतियोगितामा गण्डकी वोर्डिङ कास्कीकी छात्र आस्तिका बास्तोला, एसओएस हर्मन माइनरकी छात्रा समिक्षा अधिकारी, श्री सत्यवती मा. वि. तनहूँका गौरव सापकोटा, नलवपुर आवाशिय माध्यमिक विद्यालयकी छात्रा गृष्मा पाठक, फिसटेल एकेडेमी कास्कीकी प्राप्ती लम्साल र श्री भिमसेन आदर्श मा. वि. नलवलपुरका छात्र विक्रम गिरी सान्त्वान हुँदै जनही नगद २ हजारका साथमा मेडल तथा प्राप्त गर्नुभएको छ ।

भर्चुअल माध्यमबाट भएको प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुद पदक जित्नका लागि मात्रै राष्ट्रिय गौरव बढाउनका लागि समेत खेलकुदको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । त्यसै गरी स्पोर्टस फर अल कमिसनका चेयर पर्सन विष्णु गोपाल श्रेष्ठले असल नागरिकको उत्पादन र समाजमा शान्तीको सन्देश प्रवाह गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले यस प्रकारका कार्यक्रमले खेलकुदको जगलाई बलियो बनाउन समेत भूमिका रहने भन्दै प्रशंसा गर्नुभयो ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरि प्रसाद पराजुली, कार्यक्रमका संयोजक केशव पाठकले समेत आफ्ना धारणा राख्नुभएको थियो ।

उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदका सदस्य रिम बहादुर रानाभाट, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका निर्देशक कृष्ण तिमिल्सिना र प्रध्यापक राजेश घिमिरेले निर्णायकको भूमिकामा रहनुभएको थियो ।

प्रदेश खेलकुद परिषद गण्डकीले हालै तय गरेको ‘भिजन स्टेटमेन्ट’ ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ लाई विषय बनाएर प्रतियोगिता आयोजना भएको थियो ।
निकै प्रतिष्पर्धात्मक रहेको उत्तः प्रतियोगितामा तनहूँका विद्यार्थी प्रथम हुँदा गर्व लागेको र विद्यार्थीहरुलाई खेलकुदमा आकर्षित गर्न आफु लागि परिरहेकोमा यस्ले अझ थप उर्जा मिलेको जिल्ला खेलकुद विकास तनहूँका अध्यक्ष अनिल पाण्डेले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?