बुवाको हत्या आरोपमा छोरा पक्राउ

  • ख-
  • ख+

खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए।

बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ वर्षीय छोरा सुवर्ण राईलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोही वडाको अल्छेढुंगाबाट भागेको अवस्थामा पक्राउ गरेको गजमेरले बताए।

राईले बुवाको हत्या किन गरेका हुन् भन्ने खुलेको छैन। चन्द्रबहादुरको घरको आँगनमा हत्या भएको थियो।

ुसुवर्णले अहिले असामान्य व्यवहार देखाइरहेका छन्। केही बोलेका छैनन्,ु प्रहरी निरीक्षक गजमेरले भने, ुहिजो रातिसम्म पनि ठिकै थिए रे। बुवा छोरा हिजो राम्ररी नै सुतेका रहेछन्। आज हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटियो।ु

छिमेकीले उनको हत्या भएकोबारे प्रहरीलाई खबर गरेका थिए।

चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट खुकुरी पनि बरामद गरेको छ।

मृतक चन्द्रबहादुरको घरमा उनकी श्रीमती, बुहारी, नातिनातिना छन्।

प्रहरीले शवको पोष्टमार्टम गर्न जिल्ला अस्पताल खोटङ पठाएको थियो। पोष्टमार्टम सकेर परिवारले पनि शव बुझेर लगिसकेको प्रहरी निरीक्षक गजमेरले बताए।

प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्