२५० खेलाडीलाई कोरोना विरुद्धको भेरोसिल खोप

  • ख-
  • ख+

नेपाल खेलकुद महासंघले २५० जना राष्ट्रिय खेलाडीलाई काेराेना पहिलो चरणको खाेप लगाइदिएकाे छ । खेलाडीहरुलाई चीनबाट ल्याइएकाे भेराेसिल खाेप लगाइएकाे हाे । नेपाल सरकारसँग समन्वय गरेर उनीहरुलाई खाेप लगाइदिएकाे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले बताउनुभयो ।

खेलकुद महासंघले नेपाली खेलाडीका लागि ५ हजार डोजको माग गरेको थियो । त्यस मध्य २५० डोज आएको नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं खाेप कार्यक्रम संयाेजक सुभाष श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले अरु खेलाडीहरुले लागि पनि खोप झिटै पाउने र सबै खेलाडीहरुलाई खोप लगाउने, ‘यो समस्या हाम्रो मात्र नभई अन्तर्राष्ट्रियस्तरकै हो,’ श्रेष्ठले भन्छन्, ‘राज्यले खेलाडीका बारेमा योजना बनाएको छ । श्रेष्ठले खेलाडीहरु बनेको देशका गहना भएको समेत बताउनुभयो ।

खाेप लगाउनेमा जापानमा हुन गैरहेको ओलम्पिक ‍प्रतियाेगितमा सहभागी हुनेहरुलाई पहिलाे प्राथमिकता दिइएकाे छ । त्यसै गरी बन्द प्रशिक्षणमा रहेकाे भलिबलकाे राष्ट्रिय टिमका खेलाडीलाई पनि खाेप लगाइएकाे बाेर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिराज श्रेष्ठ, अरुणा शाही, प्रतिक्षा माली लगायतले लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?