तनहूँ । तनहूँ जिल्ला क्षेत्र नंं १ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ किसानले प्राकृतिक प्रकोपको समयमा राहत र पुर्नस्थापनामा जुट्न सबैलाई अपिल गर्नुभएकोृ छ । उहाँले जिल्लामा मानविय तथा भौतिक क्षति भएको कारण आफु मर्माहत भएको भन्दै सामाजिक संजालमा लेख्नुभएको कुरा निम्नानुसार रहेको छ ।
”हिजो देखी परेको अविरल वर्षाको कारणले तनहूँका विभिन्न स्थानमा गएको बाढि र पहिरोले जनधनको क्षती भएकोमा निकै दु:ख लागेको छ । पहिरोको कारण घर भत्कदा बन्दिपुर गाउँ पालिका – ३ तामुङमा २ जनाको मृत्यु भएको छ । यो दुखद घटनामा मृत्युु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली । त्यस्तै छाब्दी खोलामा आएको बाढीले व्यास नपा १ र १३ जोड्ने पक्की पुल भत्कदा व्यास नपाका वडा नम्बर १३ र १४ तथा बुद्धसिंह मार्ग हुँदै जाने तनहुँका दक्षिणी भेगका अधिकांश बस्तीसँग यातायात सम्बन्ध बिच्छेद भएको छ । दक्षिण क्षेत्रको लाईफलाईनको रुपमा रहेको उक्त पुलको तत्काल पुननिर्माण गरि यातयात सन्चालनको वातावरण बनाउन प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउदछु । त्यस्तै पहिरोको कारण पृथ्वीराजमार्गको दमौली(छिर्कन खन्डमा यातायात अबरुद्ध भएको छ । उक्त राजमार्गको पहिरो पन्छाएर यातायात सुचारु गर्न पनि म आग्रह गर्दछु ।
प्राकृतिक प्रकोपको कारण भएको क्षतीबाट नागरिकलाई बचाउनु सबैको कर्तव्य हो । तिनवटै तहका सरकारको संयुक्त प्रयास र समन्वयले मात्रै प्राकृतिक प्रकोपबाट भएको क्षतिलाई कम गर्न र पीडितलाई उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुग्छ । प्राकृतिक प्रकोपको कारण जिल्लाबासीमा भएको अपुरणीय क्षतिप्रति दुख व्यक्त गर्दै संधैभर यहाँहरुको साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछु र पीडितलाई राहत र पुनस्थापनाको कार्यमा लाग्न स्थानीय प्रशासन लगाएत सवै निकायहरुलाई हार्दिक अनुरोध गर्दछु ।”








