लाजको पसारोः हेल्लो सडक डिभिजन कार्यालय (फोटो फिचर सहित)

  • ख-
  • ख+

तनहूँ । नेपाल प्रमुख राजमार्ग मध्ये एक पृथ्वी राजमार्गको दमौली मुग्लिन सडकखण्डको व्यास नगरपालिका वडा नं. १ गल्बुबेसी चोक( प्रख्यात छाव्दि बाराही मन्दिर जाने गेट) मा बर्षको कम्तिमा १२ पटक सडकमा खाल्टाखुल्टी बन्ने गरेका छन् र धेरैमा ५,७ पटक पिच गर्ने पनि काम हुन्छ । रमाइलो कुरा के छ भने आज पिच गर्यो ढिलोमा १ हप्ताभित्र पिच भत्किएको देख्न पाइन्छ । सौभागयवश ठुला दुर्घटनाहरु नभएपनि व्यस्त सडक , खाल्डाखुल्टीले गर्दा यस स्थानमा सानातिना सडक दुर्घटनामात्र भईरहेका छन् । सडक डिभिजन कार्यालयलाई एउटा प्रश्न बलियो पिच गरेर बर्षौ टिकाउ भए केहि बिग्रन्छ र ? कि राजमार्गका सयौ ठाउँमा देखिने यस्ता खाल्डाखुल्डी बलियो गरि पिच गरे अरुबेला काम नपाईने? बेलाबेलामा पिच गरे कमिशन आउछ कि के हो ? दुर्घटनाको खबर सुन्दा, सवारी साधन र सर्वसाधारणलाई सास्ति भएको देख्दा तपाईहरुलाई आनन्द आउछ कि के हो ? लाजको पसारो !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्