गण्डकीका ५ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, थप सतर्कता अपनाउन अनुरोध

  • ख-
  • ख+

गण्डकी प्रदेशका स्याङ्जा र गोरखा जिल्लामा कारोना भाइरसका नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज जारी गरेको विज्ञप्ति अनुसार ती जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

स्याङ्जाको कालिगण्डकीका २ पुरुष र गोरखा बारपाक सुलिकोटका ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।

कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोध समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?