भान्जाको कुुटपिटबाट मामाको मृत्यु

  • ख-
  • ख+

कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए ।
बुधबार राति लुहारलाई उनकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले कुटपिट गरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।
मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?