पोखराका मेयर जिसीलाई मस्तिष्कघात, थप उपचारका लागि काठमाण्डौं लगियो

  • ख-
  • ख+

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ । मेयर जिसीलाई हेलिकप्टरबाट काठमाडौस्थित न्यूरो अस्पताल लगिएको हो ।

आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको भएको पश्चात उहाँलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?